काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनमा मृत भेटिएका पत्रकार सुरेश रजकको शरीरको एक्स-रे गरिएको छ । शरीरको पोर्टेबल एक्स-रे गरेपछि मात्र पोस्टमार्टम गर्ने चिकित्सकको अडानपछि एक्स-रे गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।
त्रिवि शिक्षण अस्पतालमा एक्स-रे गर्दा उनको शरीरमा गोली लागेको नभेटिएको प्रहरी अधिकृतहरू बताउँछन् । तर, उनलाई पनि गोली लागेको भनेर प्रचार भएसँगै चिकित्सकहरूले त्यसबारे यकिन गर्न एक्स-रे गर्नुपर्ने अडान राखेका थिए ।
तीनकुनेमा प्रदर्शनकारीहरुले आगजनी गरेको घरमा उनी मृत भेटिएका थिए । प्रदर्शनको भिडियो खिच्न उनी सो घरमा गएका हुन् । उनको पोस्टमार्टम बुधवार हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ चैत्र २०८१, ०९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल पत्रकार महासंघको किन बस्न सकेन बैठक ? यस्तो छ कारण
मेयरको धम्कीपछि पत्रकार झुण्डिएको अवस्थामा मृत फेला
मकवानपुरका पत्रकारद्वारा कालोपट्टी बाँधेर विरोध
तीनकुनेको आगजनीमा परी एभिन्युज टिभीका पत्रकारको मृत्यु