काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आफ्नो निजी निवास खुमलटारमा अपराह्न ४ बजे बैठक बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए ।
शर्माका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, स्थगित तराई मधेस जागरण अभियान सञ्चालन लगायत विषयमा छलफल हुनेछ । फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र असफल भएको भाष्यसहित राष्ट्र बचाउन आफूलाई साथ दिन आग्रह गरेपछि सडकमा राजावादीहरू सक्रिय देखिएका छन् ।
चैत १८ गते राजधानीको तीनकुनेमा राजावादीहरूले हिंसात्मक गतिविधि गरेपछि माओवादीले ज्ञानेन्द्रलाई कारबाही गर्नुपर्ने बताउँदै आएको छ । फागुन १२ गतेदेखि सुरु भएको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान चितवनमा पुगेर स्थगित भएको थियो । बाँकी अभियान बिचबिचमा ब्रेक गरेर सञ्चालन गर्ने गरी खाका बनाउने शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’