काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले चाहेको खण्डमा गणतन्त्र उल्टिनसक्ने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले युवाहरूको शक्तिलाई नहोच्याउन आग्रह गरे ।
‘तपाईंले जबसम्म व्यवहार सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै होइन, उल्ट्याउँछन् नै,’ अध्यक्ष लिङ्देनले भने, ‘जनताले चाह्यो भने यो गणतन्त्र जान्छ । युवाको शक्तिलाई नहोच्याउनुस् ।’
साथै, उनले गत १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आन्दालनकारीले मात्रै नभइ सरकारले पनि ज्यादती गरेको बताए । ‘अस्ति १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यसको नियन्त्रण गर्ने जिम्मा सरकारको होइन ? तपाईं कांग्रेस एमाले भन्नेहरू भजन किर्तन गर्दै आएको हो ? तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ?,’ उनले भने ।
नेताहरूले बुनेका कथा र शब्दजालले अबको पुस्ता नमान्ने उनको तर्क थियो ।‘एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले, शब्दजालले अबको पुस्ता मान्ने छैन । तपाईंको मिथ्यांकले मान्छे पत्याउनेवाला छैन । अहिलेको डिजिटल युग, सूचना प्रविधिको विकास तयसबाट युवा राम्रोसँग परिचित छ,’ लिङ्देनले भने, ‘तपाईंले किन राजा हटाउनुभएको रहेछ ? राजा हटाएपछि नारायणहिटीमा व्यापार गर्न खोज्नुभयो । तपाईं राजा हटाएर देशमा लोकतन्त्र र गणतन्त्रको नाममा कुन खालको लुटतन्त्र मच्चाउन खोज्नुभएको छ हेरिरहेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ चैत्र २०८१, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन
४० वर्ष मुनिका युवासँग साक्षात्कार गर्दै राप्रपा अध्यक्ष लिङ्देन
जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न सरकारलाई बाध्य बनाउनुपर्छ: राजेन्द्र लिङ्देन
राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्याई हामी छुट्दैनौं : राजेन्द्र लिङ्देन