काठमाडौ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ।
सोमबार साँझ पाँचबजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
गएको शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक राखेका थिए।
त्यो बैठकले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।
राजावादीको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले एकसय भन्दा धेरैलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइसकेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद् आज विस्तार हुँदै, यी हुन थपिने चार मन्त्री
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
चन्द्रकुवेर खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त