काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रहरी हिरासतमा रहेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासँग भेट गरेका छन् ।
उनले हिजो (शनिबार) साँझ लिङ्देन उनीहरूलाई भेट्न प्रहरी कार्यालय पुगेका थिए । जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेर उनले मिश्र र राणालाई भेट गरेका हुन् ।
‘मैले हिजो साँझ नै उहाँहरूलाई भेटेको हुँ,’ लिङ्देनले भने, ‘हाम्रो पार्टीका नेताहरू भएका कारण गएर अवस्था बुझेको थिएँ ।’यद्यपि भेटघाटमा भएका अन्य विषयबारे उनले खुलाएनन् ।
पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समिति बैठक सकेपछि उनी त्यहाँ पुगेका थिए । गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनपछि प्रहरीले उनीहरूलाई सोही दिन राति पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङ्देनको दाबी-‘काँग्रेस-एमालेले देश लुट्नलाई टेन्डर पारेजस्तो गर्दैछन्, मन्त्रीहरूको कमाउन प्रतिस्पर्धा छ’
राजेन्द्र लिङ्देनको प्रश्न : कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ?
राजेन्द्र लिङ्देनद्वारा पार्टीका विभाग प्रमुखहरूसँग छलफल
जबर्जस्ती सदन चलाए बहिष्कार गर्छौँ : राजेन्द्र लिङ्देन
संसदको अवरोधबारे सभामुख घिमिरेद्वारा डीपी अर्याल र राजेन्द्र लिङ्देनसँग छलफल
राजावादीहरूसँग सरकार डरायो : राजेन्द्र लिङ्देन