काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार राजावादीले काठमाडौँको तीनकुनेमा गरेको सभा आततायी भिलेनहरूको सभा भएको बताएका छन् । आइतबार सिन्धुलीको दुधौलीमा भएको कार्यक्रममा बोल्दै प्रचण्डले त्यसदिन गणतन्त्रवादीले सभा नराखेको भए अझ भयङ्कर आतङ्क मच्चाउने नियत राजावादीमा भएको जिकिर गरे ।
‘हामीले काठमाडौँमा पहिले नै विरोधसभा राखेका थियौँ । तर तथाकथित राजावादीहरूले हाम्रो सभालाई बिथोल्न, बाधा अट्चन खडा गर्न सोही दिन सभा राखे । त्यो आततायीहरूको सभा थियो ।
मैले त्यसैदिन भनेको थिएँ, त्यो मण्डलेहरूको प्रदर्शन थियो’, उनले भने, ‘राजावादी त के भन्नु स्पष्ट रूपमा भन्नुपर्दा ज्ञानेन्द्रको मूर्खता र विवेकहीनताको कारण आततायी सभा भयो ।
संसारभर एकातिर हिरोहरू र अर्कोतिर भिलेनहरूको उदय हुने गरेको देख्ने गरेको भन्दै उनले चैत १५ गतेको सभा पनि त्यस्तै भएको बताए । ‘संसारभर हामीले देख्ने गरेका छौँ । एकातिर हिरोहरूको उदय भएको हुन्छ ।
अर्कोतिर भिलेनहरू आततायीहरूको उदय हुन्छ । चैत १५ गतेको सभा पनि त्यस्तै भयो । एकातिर हिरोहरूको भव्य र अनुशासित सभा भयो । अर्कोतिर भिलेलनहरू अर्थात् आततायीको सभा भयो । त्यसदिन हाम्रो सभा नभएको भए उनीहरूले अझै धेरै वितण्डा मच्चाउने रहेछन्’, उनले दाबी गरे ।
गणतन्त्रवादीहरूको भव्य र अनुशासित सभा सम्पन्न गरेकोमा विभिन्न दलका नेताहरूले आफूलाई धन्यवाद दिएको समेत उनले दाबी गरे । राजावादीको सभामा दुई जना युवाले ज्यान गुमाएकोमा उनले दुःख व्यक्त गरे ।
ज्ञानेन्द्रकै कारण उनले दुई जना होनहार युवाको ज्यान गएको प्रचण्डले आरोप लगाए । आफ्नै घरभित्र हत्याकाण्ड मञ्चन गर्न सक्ने उनले जनताका छोराछोरी मरेकोमा केही नभएको गम्भीर आरोप समेत लगाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड