काठमाडौं । प्रतिनिधिसभा बैठक बस्ने समय सरेको छ । आइतबार बिहान सवा ११ बजेका लागि बोलाइएको बैठकको समय सरेको हो ।संसद् सचिवालयका अनुसार दिउँसो सवा १ बजे बस्नेगरी बैठकको समय परिवर्तन भएको छ ।
विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने उनीहरूको अडान छ ।
प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना संसद् सचिवालयमा पठाएका छन् । यो सँगै सदनको अवरोध खुल्नुपर्ने आग्रह सत्तापक्षको छ । सभामुख घिमिरेले संसद् सहज ढंगले चल्ने वातावरणका लागि अपिल गरेका हुन् ।
गत शुक्रबार तिनकुनेमा भएको घटनाबारे संसद्मा छलफल हुनुपर्ने उनको आग्रह छ । उक्त लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई सभामुखले सुझाएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ चैत्र २०८१, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
प्रतिनिधिसभामा विपक्षीको विरोध
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित
प्रतिनिधिसभा बैठक दोस्रोपटक सूचना टाँस गरेर स्थगित
प्रतिनिधिसभा बैठकको सुरुमै अवरोध