काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धादिङबाट काठमाडौँ आउँदै गरेको प्र ३ –०१–०२४ च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४ सय मिटर तल खसेको थियो ।
राति ८ः ५० बजे दुर्घटना भएकोमा उपचारको लागि अस्पताल पुर्याइएका गोरखाका ५० वर्षीय गोकुल पाण्डेको राति १०ः२२ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहोराले बताए ।
सो दुर्घटनामा गोरखाका ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला