काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार तीनकुने क्षेत्रमा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।
नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा आक्रमणबाट भएको क्षतिबारे आज बिहान निरीक्षण गरेपछि भएको ‘समाजवादी मोर्चा नेपाल’को बैठकमा उनले दोषीलाई कारबाहीको माग गरेका हुन् ।
उनले असामाजिक गतिविधि गर्ने सबैलाई कारबाहीको दायरामा ल्याउन माग गरे । बैठकपछि सञ्चारकर्मीहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्थामा भएका कमीकमजोरीको सरकारले गम्भीर रूपमा समीक्षा गर्नुपर्नेमा जोड दिए ।
साथै उनले सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ चैत्र २०८१, १३ : २३
लेखकबाट थप