काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राजावादीको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका छन् ।
शनिबार राजावादीले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौँको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गर्दै गृहमन्त्री लेखकले राजावादीहरुले अपराधिक चरित्र देखाएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने स्पष्ट पारेका हुन् ।
गृहमन्त्री लेखकले सुरक्षा निकायका अधिकारीसहित तीनकुनेमा भएको आगजनी, बिभिन्न सञ्चारगृहमा भएको तोडफोडका साथै नेकपा एकीकृत समाजवादीको कार्यालयमा भएको तोडफोड एवं क्षतिको निरीक्षण गरेका थिए ।
उनले शुक्रबार भएको घटनाको राजनीतिक आदर्श, मूल्यमान्यतासँग कुनै साइनो नरहेको उल्लेख गरे । राजावादीले छानिछानी आगजनी, तोडफोड र लुटपाटको नियोजित घटना घटाएकाले दोषीलाई कारबाही गर्ने उनले बताए ।
शुक्रबार राजावादीहरुले काडमाडौँका बिभिन्न स्थानमा आगजनी, तोडफोडका साथै लुटपाट गरेका थिए । राजावादीहरूको आन्दोलनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ चैत्र २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय