काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले सर्वदलीय बैठक राख्न सुझाएको छ ।
संसदको गतिरोध अन्त्यका लागि भएको छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो सुझाव राखेका हुन् ।
भोलि शनिबार छ। पछिल्लो अवस्थाबारे सभामुखले वा प्रधानमन्त्रीले सर्वदलीय, सर्वपक्षीय बैठक राखेर अगाडि बढ्दा राम्रो हुन्छ’ पाण्डेले सभामुख देवराज घिमिरे उपस्थित बैठकमा भने। उक्त बैठकमा सत्तारुढ दल नेकपा एमाले, नेपाली काँग्रेस, रास्वपा लगायतका दलका प्रमुख सचेतकहरू समेत थिए ।
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले अवरोध गर्दै आएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएकोबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग छ ।
संसद्का सत्तापक्ष र प्रतिपक्ष आमुनेसामुने भइरहेका बेला सडकमा राजतन्त्र पक्षधरहरूको गतिविधि बढेको छ । शुक्रबार समाजवादी मोर्चाले राजधानीमा गणतन्त्रको पक्षमा प्रदर्शन गरेको छ भने राजावादीले राजतन्त्रको पक्षमा प्रदर्शन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल (क्रान्तिकारी) चितवन जिल्ला समितिद्वारा आयोजित बिपिन जोशीको सम्झनामा दीप प्रज्वलन कार्यक्रम
अखिल क्रान्तिकारी चितवनले गर्यो जेन जि आन्दोलनमाथि भएको दमनको निष्पक्ष छानबिन र न्यायको माग
काँग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादीको अपिल
अखिल (क्रान्तिकारी) चितवनका जिल्ला अध्यक्षमा इ. सुशिल कार्की (अब्दुल) चयन
माओवादी निकट जेनजीको संगठन, तिहार लगत्तै एक्सनमा उत्रिने तयारी
मतदाता नामावली अद्यावधिक कार्यमा गम्भीर बन्न पार्टी पङ्क्तिलाई माओवादीको पत्र