बुटवल । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार/प्रसार गरी शान्ति दूतको भूमिका निर्वाह गर्न सकिने बताएकी छन् ।लुम्बिनीमा आज थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको बताइन् ।
गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाएको उल्लेख गर्दै बुद्धको शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेको बताइन् । उनले कतिपय विकसित र शक्तिशाली देशहरूबिचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था रहेको बताउँदै त्यसैले बुद्धका शान्ति, करुणा, र शिक्षाको सान्दर्भिकता झन् बढेको बताइन् ।
सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि तीन तहका सरकारबीच सहकार्य अपरिहार्य रहेको बताए । उनले लुम्बिनी क्षेत्रको विकास गुरुयोजनाको आधारमा अघि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजीका जायज माग वार्ता र संवादबाट समाधान खोजौं: विद्यादेवी भण्डारी
संसद् निरीह भयो, दलहरूमा समस्या छ : पूर्वराष्ट्रपति भण्डारी
एमालेको हितमा लाग्छु, मलाई गुट चलाउन आउँदैन: विद्यादेवी भण्डारी
पूर्व राष्ट्रपति भण्डारीसँग माधव नेपालको भेट
‘गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता