एजेन्सी । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाविरुद्ध बदला लिने बताएका छन् । प्रधानमन्त्री कार्नीले क्यानडाको अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको बताए ।
“मूलरूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा आधारित सम्बन्ध थियो, अब समाप्त भएको छ,” उनले भनेका छन् ।
राजधानी ओटावामा भएको मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर निर्णयले क्यानेडियालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य पार्ने बताए ।
कार्नीले क्यानडाले प्रतिशोधात्मक कर लगाउने बताए । यसले अमेरिकामा ठूलो प्रभाव पर्ने उनको भनाइ छ ।
ट्रम्पले बुधबार आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।कार्नीले क्यानडा र अमेरिकाबीचको सन् १९६५ को अटोमोटिभ प्रोडक्ड सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण सम्झौता भएको भन्दे यी शुल्कहरूसँगै यो सम्झौता सकिएको बताए ।
यद्यपि, कार्नीले ट्रम्पको कार्यालयबाट फोन वार्ताको तालिका बनाउने प्रस्ताव आएकाले दुई नेताहरूबीच चाँडै वार्ता हुनसक्ने बताएका छन् ।
यदि, यसो भयो भने कार्नी प्रधानमन्त्री बनेपछि ट्रम्प र कार्नीबीच फोनमा पहिलोपटक वार्ता हुनेछ ।क्यानडामा अर्को महिना आम चुनाव हुँदै छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ चैत्र २०८१, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट
संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
उर्जा राज्यमन्त्री बर्खास्त गर्नु अघि प्रधानमन्त्रीको परराष्ट्रमन्त्रीसँग फोन सम्वाद
प्रधानमन्त्रीद्वारा आतंकवादी हमलाको निन्दा
प्रधानमन्त्री ओलीद्वारा पहलगाममा आतंकवादी हमलाको निन्दा