काठमाडौ । चार दलीय समाजवादी मोर्चा र राजावादीले आज काठमाडौँमा छुट्टा छुट्टै प्रदर्शन गर्दैछन्। माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा र राजावादी समूहले वर्तमान व्यवस्थाकै विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्।
गणतन्त्रवादी र राजावादीको शक्ति प्रदर्शनलाई ध्यान दिएर सरकारले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाएको छ। ठाउँठाउँमा शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र ट्राफिक प्रहरी परिचाल परिचालन गरिएका छन्।
गणतन्त्रवादी र राजावादीले प्रदर्शन गर्ने क्षेत्रमा बिहानैदेखि सवारी आवागमतमा समस्या देखिएकाे छ। सवारी सञ्चालन हुने कतिपय रुटहरु बन्द गरिएका छन्।
जसका कारण सवारी आवागमनमा बिहानैदेखि समस्या सिर्जना भएको छ। समाजवादी माेर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनीमार्गमा मञ्च निर्माणमा जुटेका छन्।
समाजवादी मोर्चाले सभा गर्न लागेको प्रदर्शनी मार्गलाई केन्द्रीत गरेर ट्राफिक प्रहरीले केही रुटबाट सवारी साधन सञ्चालनमा रोक लगाएको छ। त्रिपुरेश्वर चोकबाट सुन्धारातिर जाने रुट बिहानैदेखि प्रभावित भएको छ। त्यसैगरि घण्टाघरबाट विद्युत् प्राधिकरण हुँदै सहीदगेट निस्कने रुट पनि बन्द छ।
सिंहदरबारबाट पुतलीसडक प्रदर्शनीमार्ग हुँदै चल्ने रुट पनि बन्द छ। कतिपय रुटलाई वान-वे गरिएको छ।
आज समाजवादी मोर्चाले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीले तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेका छन्। दुई समूहबीच भेट हुन नदिन स्थानीय प्रशासनले राजावादी समूहलाई रिङरोडभित्र प्रवेशै गर्न नदिने तयारी गरेको छ।
चार दलीय समाजवादी मोर्चाले भने रिङरोडभित्रका विभिन्न क्षेत्रबाट जुलुश प्रदर्शन गर्दैछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ चैत्र २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘अपेक्षा पूरा गर्न नसक्दा प्रश्न उठे, सुदृढ गर्छौँ’: समाजवादी मोर्चा
समाजवादी मोर्चाकाे बैठक सुरु
समाजवादी मोर्चाको बैठक सकियो
पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
समाजवादी मोर्चाको बैठक जारी
रत्नपार्कबाटअघि बढ्यो समाजवादी मोर्चाको जुलुस