काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल भित्रिने पर्यटकको जाँच एकद्वार प्रणालीबाट हुने बताएका छन् । नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर-३ को आयोजनामा बिहीबार भैरहवामा भएको अन्तरक्रियामा गृहमन्त्री लेखकले रूपन्देही पर्यटकीय जिल्ला भएकाले पर्यटकको सहजताका लागि सीमा नाकामा एकद्वार प्रणालीबाट जाँच हुने बताए ।
‘बेलहिया नाकामा चेक गरेपछि पर्यटकलाई अन्यत्र जाँचको नाममा दुःख हैरानी दिन हुन्न । मैले सुरक्षा समितिको बैठकमा यही निर्देशन दिएको छु,’ गृहमन्त्री लेखकले भने, ‘अध्यागमनमा घण्टौँ लाइन लाग्नुपर्ने समस्या छ, त्यसलाई सुधार गर्नुपर्छ ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको आवश्यक व्यवस्था गर्ने बताउँदै उनले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगको व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।
स्थिर सरकार दिन प्रमुख ठूला दुई दलको सरकार बनेको उनले बताए ।व्यावसायिक वातावरण अनुकूल बनाउन सरकारले कानुनी र नीतिगत सुधारलाई प्राथमिकता दिएर नै अध्यादेश ल्याइएको उनले बताए ।
‘अर्थतन्त्रलाई लयमा ल्याउन अध्यादेश ल्याएका हौँ, निजी क्षेत्रले सरकारलाई धन्यवाद दिएका छन्,’ गृहमन्त्री लेखकले भने । उनले पार्टीभित्र आन्तरिक एकता भए मात्र २०८४ मा बहुमत ल्याउन सकिने भन्दै कार्यकर्तालाई विभाजित नहुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ चैत्र २०८१, १४ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री लेखकले दिए राजीनामा
राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो’ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकद्वारा आइजिपी दीपक थापाको बिदाइ
‘लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु पर्दैन’ : गृहमन्त्री लेखक
अवैध चोरीपैठारी र निकासी रोक्न समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकको निर्देशन
विपद्लगायत मानवीय संकटमा क्षेत्रीय एकता आवश्यक : गृहमन्त्री लेखक