काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले केही महिनामात्र पदावधि भएको कर्मचारीलाई हटाउन आवश्यक नभएको तर्क गरे । अहिले चर्को असन्तुष्टि भइरहेको बेला जनतालाई विश्वासमा लिने कुरातर्फ ध्यान दिनुपर्नेमा उल्टो भएको उनको टिप्पणी छ । कुलमानको विषयलाई अब सदन अवरुद्ध हुँदा सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक अलपत्र पर्ने भएकाले त्यसतर्फ पनि नसोचेको शर्माले बताए ।
उनले भने, ‘पार्टीका दुई महामन्त्रीमाथि पनि नागरिक पंक्ति, सामाजिक सञ्जाल र मिडियाहरूबाट हामीले हेरेका छौं । पार्टीको पदाधिकारी बैठकमा पनि हामीले हटाउन हुँदैन भनेर मन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएका थियौँ । तर, पनि यो निर्णय भयो । कांग्रेसका मन्त्रीहरू महामन्त्री अन्तर्गत नै हुन्छन् ।’
उनले कुलमान हटाउने विषय अदालतमा गइसकेकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्छ भनेर अब संसद अवरोध गरिराख्न उचित नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भोलि केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने काँग्रेसको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काँग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने
नेपाली कांग्रेस: चितवन– २ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस
पुस ११ भित्र नयाँ र नवीकरण गरेका क्रियाशील सदस्यताको विवरण पठाइसक्न काँग्रेसको परिपत्र