काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा जारी अवरोध खुलाउने प्रयास जारी राखेका छन् । बुधबार सभाको कामकारबाही अगाडि बढ्न नसकेपछि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तथापि, बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन ।
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठक पनि अगाडि सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, ११ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुखको आचरणबारे उठेको विषयमा संसदमा ध्यानाकर्षण
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
विपक्षी दलमाथि सभामुखको असन्तुष्टि: छलफलका लागि बोलाउँदा आएनन्
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता