एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करसम्बन्धी नयाँ घोषणा गरेका छन्। यसअनुसार अब अमेरिका आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लाग्नेछ।
ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको बीबीसीले जनाएको छ।
ट्रम्पले नयाँ कर अप्रिल २ देखि लागू हुने बताएका छन्। कारका पार्टपुर्जामा भन्सार महसुल भने मे महिना वा यसपछि सुरु हुनेछन्।
राष्ट्रपति ट्रम्पले आफ्नो कदमले कार उद्योगमा 'ठूलो वृद्धि' हुने दाबी गरेका छन्। उनले यो कदमले अमेरिकामा रोजगारी र लगानी पनि बढाउने विश्वास व्यक्त गरेका छन्।
विज्ञहरू के भन्छन्?
तर, यस विषयमा विज्ञहरूको राय फरक छ।
ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा रोक्न सक्छ, मूल्य बढाउन सक्छ र सहयोगी देशहरूसँगको सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ भन्ने विज्ञहरूलाई लागेको छ।
संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग ८० लाखवटँ कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो।
अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन्।
ट्रम्पको नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृंखलालाई असर गर्ने खतरा छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १३ चैत्र २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्यान्ड र कम्बोडियाको युद्ध रोक्न म फोन गर्छु : ट्रम्प
ट्रम्पलाई किन भेट्न चाहन्छन् जेलेन्स्की ?
रुस–युक्रेन युद्ध रोक्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ होइन : ट्रम्प
ममदानीसँगको भेटमा आठ शान्ति–सम्झौता गराएको ट्रम्पको दाबी
क्यानाडाली सामानमा १० प्रतिशत कर वृद्धि ट्रम्पको घोषणा
ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता तत्काल समाप्त