काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा आएर चित्तबुझ्दो जवाफ नदिएसम्म संसद् चल्न नदिने बताएका छन् ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाउनुको कारण माग गर्दै विपक्षी दलहरूले संसद्का दुवै सदनको बैठक अवरोध गरेका छन् ।
‘लामो अहिले केही भन्नु छैन । प्रधानमन्त्रीले आएर रोष्ट्रममा जवाफ नदिएसम्म हाउस चल्न नदिने हामीले भनेका छौं । प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘उहाँले आएर स्पष्टीकरण दिनुपर्ने हुन्छ । स्पष्टीकरण चित्तबुझ्दो भयो तुरुन्तै हाउस चल्छ, स्पष्टीकरण पनि जालझेलको भयो भने आन्दोलन अघि बढ्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड