काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाजपछि फर्कन नसक्ने बताएका छन् । बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको बताएका हुन् ।
उनले लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको धारणा राखे । उनले लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्ने र बुझ्ने बताए ।
मन्त्री लेखकले आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने उल्लेख गरे । उनले कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपर्न आग्रह समेत गरे । गृहमन्त्री लेखकले जुनसुकै बेला जस्तोसुकै विपत् आउन सक्ने भएकाले विपद्का लागि प्रतिकार्य गर्न तयार भएर बस्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद दुर्लभ थापाले प्राकृतिक विपत्को चुनौतीलाई सामना गर्न तयार भएर बस्नुपर्ने बताए । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकारका साथै भवन निर्माणमा सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत
राजीनामा नदिने गृहमन्त्रीको अडान, संसदमा बोल्न मागे समय