काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बुधबारको सदन सुरु गर्ने वित्तिकै विपक्षी दलहरूले उठेर अवरोध गरेका हुन् ।
त्यसपछि सभामुख घिमिरेले माओवादी सांसद शक्ति बस्नेतलाई बोल्न समय दिए । बस्नेतले संख्याको बलमा जनताका आशा गुमाउन सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको बताए ।
विद्युत् बक्यौता उठाउन लाइन काट्न हुँदैन भन्ने मन्त्रीको आदेश नमानेकाले उनलाई पटक–पटक स्पष्टीकरण सोधेर हटाइएको बस्नेतले बताए ।बस्नेतले दुई तिहाइको सामर्थ्य राख्ने सरकारले एक राष्ट्र सेवकको मानमर्दन गरेको बताए ।
४ महिनापछि स्वतः अवकाशमा जाने घिसिङलाई हटाएर किन सरकारले आफ्नो औचित्य गुमाइरहेको छ भन्दै प्रश्न गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई हटाएको कारण नदिएसम्म संसद् चल्न नसक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय
उपसभामुख हटाउने सत्ताधारीको तयारीविरुद्ध रणनीति बनाउन सिंहदरबारमा विपक्षी दलको बैठक
उपसभामुख हटाउने सत्तापक्षको तयारीपछि विपक्षी दलहरूले बोलाए बैठक
मधेश प्रदेश सभामा विपक्षी दलहरूको अवरुद्ध
विपक्षी दलहरूको बैठक बस्दै
रास्वपाको ५ बुँदे प्रस्तावमा सत्ता पक्षलाई मनाउन प्रयास गर्ने विपक्षी दलको निर्णय