काठमाडौ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल राजा फर्काउने हल्ला फैलाएर पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट बढाउने योजना रहेको दाबी गरेका छन्।
त्यसो त राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्न भनेर पुराना पञ्च नेता नवराज सुवेदीको संयोजकत्वमा ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरिए पनि उनको नेतृत्व अस्वीकार गर्दै राप्रपा अलग भएको मात्र छैन, यही कुराले आफैँ विभाजित भएको छ।
यसैबीच पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले खासमा राप्रपाहरूको योजना राजाको हल्ला गरेर आफ्नो संगठन विस्तार गर्ने र आगामी चुनावमा भोट थप्ने रहेको टिप्पणी गरेका हुन्।
‘राप्रपाहरूले राजा फर्काउने भनेर गरेको होहल्लाको चुरो कुरो पूर्वपञ्चहरूको एउटै पार्टी बनाउने र आउने चुनावमा भोट थप्ने संगठन विस्तारको योजना हो। अरू त आकाशको जूनतारा खसाल्ने सपना न हुन्’, बाँस्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, १० : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा