काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी हप्ता थाइल्याण्ड जाने तयारीमा छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० को शिखर सम्मेलनमा भाग लिनका लागि ओली चैत २० गते त्यसतर्फ जाने तयारीमा रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।
विमस्टेक सम्मेलन चैत २० देखि २२ गते (अप्रिल २ देखि ४) सम्म थाइल्याण्डमा आयोजना हुँदैछ । सम्मेलनमा नेपाल र थाइल्यान्डका नीजि क्षेत्रका बीचमा धेरै खाले सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी भईरहेको पनि परराष्ट मन्त्रालय स्रोतले बताएको छ ।
यो शिखर सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सहभागी हुनेछन् ।
शिखर सम्मेलन गत वर्ष सेप्टेम्बरको पहिलो हप्तामा आयोजना गरिनु पर्ने थियो तर थाइल्याण्डमा सरकार परिवर्तनका कारण स्थगित गर्नुपरेको थियो। अहिले भने सम्मेलन हुन लागेको हो ।
यही सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्ने गरी तम्तयारी समेत गरेका छन् । ओली प्रधानमन्त्री भएयता उनले दिल्ली भ्रमणका लागि अनेक कोसिस गर्दा पनि सम्भव हुन सकिरहेको छैन ।
परराष्टमन्त्री डा आरजु राणा देखि प्रधानमन्त्रीको आफ्नै स्रोतहरुबाट समेत ओलीको भारत भ्रमण कोसिस गर्दा पनि सफल हुन सकिरहेको छैन ।
भारतीय प्रधानमन्त्री मोदी पनि विमस्टेक शिखर सम्मेलनका लागि थाइल्याड जाने तयारी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । गत वर्ष संयुक्त राष्टसंघको महासभामा भाग लिन जाँदा पनि ओलीको मोदीसँग साइडलाइन भेट वार्ता भएको थियो ।
मोदी र ओलीका बीचमा सम्वाद सौहार्दपूर्ण रुपमा हुन नसकिरहेका बेला थाइल्याडमा साइडलाइन वार्ता गराउने प्रयासमा नेपालका अधिकारीहरु जुटिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'
ओलीलाई महेश बस्नेतकै भर, गुन्डुबाटै राजनीतिक पुनरागमनको कोसिस
गुण्डुमा बस्ने गरी बोलाए ओलीले सचिवालय बैठक
‘देश बनाउने कर्मठ युवाहरू जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ’ : ओली
आगामी निर्वाचन एमालेले मेरै नेतृत्वमा लड्छ : ओली
'केपी ओली र रमेश लेखकलाई कारबाही गर'