काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका छन् ।
यो सहकारीको बचत रकम अपचलन सम्बन्धी मुद्दामा रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको आदेश विरुद्ध सरकारले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।
आज लामिछाने पनि पुनरावेदनका लागि उच्च अदालत पुगेका हुन् । स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना भएको प्रहरीले गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, १३ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'