काठमाडौं । राजसस्था पर्नूंवहालीको आन्दोलनमा लागेको विवादास्पद ब्यापारी दुर्गा प्रसाईं एकाएक दिल्ली पुगेका छन् । नेपालमा आगामी चैत १५ गतेबाट फेरि पनि राजावादी आन्दोलन चर्काउने उदघोष गरेका प्रसाईं बिहिबार दिउँसो एकाएक दिल्ली पुगेका हुन् । उनी बिहिबार दिउँसो २ : ३० बजेको इण्डिगो एयरको जाहाजवाट दिल्ली पुगेका हुन् ।
गत फागुन २५ गते पोखराबाट पूर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किने बेला ज्ञानेन्द्र शाहसँगै भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर बोकेर प्रर्दशनीमा उत्रिएका राप्रपा नेता प्रदिपविक्रम राणा समेत दिल्लीमै रहेका बेला प्रसाईं पनि दिल्ली हानिएका हुन् । वैंक तथा वित्तिय सस्थाका करोडौ लगानीको कर्जा नतिरी राजावादी आन्दोलनमा लागेका प्रसाईं एकाएक दिल्ली जानुभित्रको रहस्यमय देखिएको छ । नेपालका राजावादीहरुको आन्दोलनमा भारतको एउटा कटटर हिन्दुवादीहरुको साथ रहेको टिप्पणी भईरहेको छ । नेपाललाई हिन्दु राज्य बनाउन संविधान निर्माण देखिनै दवाव बढाउन खोजिरहेको भारतीय भूमिमा राजावादी अभियानका नेताहरुको दोहोरो आवातजावतलाई रहस्यमय ढंगले लिनुपर्ने विश्लेषण भईरहेको छ ।
प्रसाईं राजावादी आन्दोलनको आफै नेता बन्न खोजिरहेका छन् । आफु नसकेपनि राप्रपाका कमल थापा र राजेन्द्र लिङदेनलाई भने उनले नेता बन्न नदिने रणनीति समेत बनाएका छन् । त्यही क्रममा बरु उनले राजावादी समुहका नेता बन्न कम्मर कसेका ८७ वर्षिय नवराज सुवेदीलाई बोक्न कस्सिएका छन् । तर कमल थापा र राजेन्द्र लिङदेनहरुलाई भने प्रसाईंले आफुले बनाउँदै लगेको राजावादी आन्दोलनभित्र ढोक्सा थाप्न मात्र आएको आरोप लगाईरहेका छन् । चैत १५ मा काठमाडौंमा माओवादी केन्द्रसहितका समाजवादी मोर्चामा आवद्द घटक पार्टीहरुले गणतन्त्रको पक्षमा बृहत प्रर्दशनको कार्यक्रम घोषणा गरेपछि प्रसाईंले पनि राजावादीहरुको आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए । त्यही क्रममा उनले नवराज सुवेदीलाई नेता मानेर राष्टिय जनआन्दोलन घोषणा गर्ने तयारी गर्न लगाएर प्रसाईं भने दिल्ली पुगेका हुन् ।
फागुन २५ को काठमाडौंको राजावादी प्रर्दशनमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदीत्यनाथको तस्विर वोकेका राप्रपा नेता प्रदीपविक्रम राणा पनि यतिबेला दिल्लीमै छन् । उनी फागुन २५ को प्रर्दश्नपछि दिल्ली पुगेका हुन् । नेपालमा आफुलाई असुरक्षा हुने सम्भाबना देखेपछि दिल्ली पुगेको उनले बताउने गरेका छन् । त्यही मेसोमा प्रसाईं समेत दिल्ली पुग्नुलाई त्यहाँ राजावादीहरुका नयाँ केही चलखेलका योजना त बन्न लागेको छैन ? भन्ने प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
दुर्गा प्रसाईँ पाँच दिन हिरासतमा रहने
फेरि पक्राउ परे दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई पक्राउ गर्न उनको निवासमा पुग्यो प्रहरी
‘राजपरिवारका सदस्यहरू स्वयम् सडकमा उत्रिने तयारीमा छन्’ : दुर्गा प्रसाईं