काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिराहामा भएको जातीय विभेदको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
कोइरालाले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जातीय विभेदकै कारण कसैको घर भत्काइनु वा जातीय पीडा दिनु निन्दनीय भएको बताएका हुन् ।
उनले देशले राजनीतिक रूपले ठुलो फड्को मारिसके पनि यस्ता अमानवीय घटनाहरू भइरहनु दुःखद् भएको उल्लेख गरेका छन् ।
दोषीलाई दण्डित नगरेसम्म यस्ता घटनाहरू रोक्न नसकिने उनको भनाइ छ । दोषीलाई कारवाही गर्न ढिलाइ गर्न नहुने उनले बताए ।
'देशले राजनीतिक रूपमा ठुलो फड्को मारिसक्दा पनि महायज्ञ वा अरू कुनै बहानामा दलित भएकै कारण घर भत्काइनु वा जातीय पीडा दिनु अत्यन्त दुःखद् र निन्दनीय छ । जबसम्म यस्ता कृयाकलाप गर्नेहरू राजनीतिक रूपमा संरक्षित भएका कारण दण्डित हुँदैनन्, तबसम्म यस्ता घटनाहरू भइरहन्छन् । सिराहा घटनाका दोषीलाई कारवाही गर्न ढिला नगरौं,' उनले लेखेका छन् ।
यसअघि महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको समाचार सार्वजनिक एको थियो ।
घ६नाको अहिले चौतर्फी विरोध भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले आफ्नो पक्षबाट मन्त्री भएकाहरूलाई राजीनामा गर्न आग्रह
उखुको बोटसहित किसान सडक आन्दोलनमा आउनु दुःखद : शेखर कोइराला
देशको राजनीतिक र सामाजिक अवस्था अधोगतितर्फ उन्मुख छ: डा. शेखर कोइराला
लोकतन्त्र खतरामा छ : शेखर कोइराला
देउवालाई शेखरको सुझाव- एमालेबाहेक अरू दलका नेतासँग पनि भेट्नुस्