काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिराहामा भएको जातीय विभेदको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।
कोइरालाले शुक्रबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जातीय विभेदकै कारण कसैको घर भत्काइनु वा जातीय पीडा दिनु निन्दनीय भएको बताएका हुन् ।
उनले देशले राजनीतिक रूपले ठुलो फड्को मारिसके पनि यस्ता अमानवीय घटनाहरू भइरहनु दुःखद् भएको उल्लेख गरेका छन् ।
दोषीलाई दण्डित नगरेसम्म यस्ता घटनाहरू रोक्न नसकिने उनको भनाइ छ । दोषीलाई कारवाही गर्न ढिलाइ गर्न नहुने उनले बताए ।
'देशले राजनीतिक रूपमा ठुलो फड्को मारिसक्दा पनि महायज्ञ वा अरू कुनै बहानामा दलित भएकै कारण घर भत्काइनु वा जातीय पीडा दिनु अत्यन्त दुःखद् र निन्दनीय छ । जबसम्म यस्ता कृयाकलाप गर्नेहरू राजनीतिक रूपमा संरक्षित भएका कारण दण्डित हुँदैनन्, तबसम्म यस्ता घटनाहरू भइरहन्छन् । सिराहा घटनाका दोषीलाई कारवाही गर्न ढिला नगरौं,' उनले लेखेका छन् ।
यसअघि महायज्ञको मण्डप वरिपरि दलित बस्न र आउजाउ गर्न नमिल्ने भन्दै सिरहाको औरही–५ का दलित दीपक मलिक डोमको घर भत्काइएको समाचार सार्वजनिक एको थियो ।
घ६नाको अहिले चौतर्फी विरोध भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइराला समूहको भेला आज
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला
म पार्टीको कुनै पनि समूहमा छैन : शेखर कोइराला
कांग्रेसले बुढीगङ्गामा विकासको मुहार परिवर्तन गर्याे : शेखर कोइराला
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी