काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैह्रेले लोडसेडिङलाई लिएर मन्त्री र प्राधिकरणका निर्देशकले फरक फरक सूचना दिएर जनतालाई भ्रम पारेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री र कार्यकारी निर्देशकले दिएर फरक फरक सूचनालाई जनताले कसरी बुझ्ने भन्दै प्रश्न गरे । उनले भने, ‘हिजो दुईवटा समाचार आए, मन्त्रीजी भन्नुहुन्छ लोडसेडिङ हुन्छ, सुरु भयो। अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन हुँदैन, ढुक्क हुनुस् । एउटै सरकारबाट जनतालाई दिन खोजेको सन्देश के हो रु के आज यस्ता चिजहरू स्वभायमान छन् ? यसले देशलाई अन्योलतातिर लगिरहेको छ ।’
हिजो ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ हुनसक्ने बताए लगत्तै प्राधिकरणका निर्देशक कुलमान घिसिङ नहुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने