काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सोमबार काठमाडौंबाट करिब २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौंको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरेका हुन् ।
सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नगदसहित एक जनालाई पक्राउ गरेको थियो । काठमाडौंको झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट चालकसहित उक्त रकम बरामद गरिएको जनाइएको छ ।
सांसद सापकोटाले भने, ‘डलर र यूरो गरेर करिब २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ । यो घटनाले सिंगो देशलाई तरङ्गित बनाइरहेको छ । यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ ।राप्रपा सांसद रोशन कार्कीले पनि घटनाको छानबिन गर्न माग गरिन् ।
‘हिजो मात्रै यूरो र डलर गरी २५ करोड बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो ?’, सांसद रोशन कार्कीले प्रश्न गरिन् ।
उनले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन’: सांसद सुमना श्रेष्ठ
राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’
आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग
गृहमन्त्री बाठो हुनुहुँदो रहेछ, आफू र कमाइ जाेगाउन समिति बनाउनुभएछ: सांसद कार्की
निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही
क्षति हुनुअघि नै इजरायल र इरानबाट नेपालीको उद्धार गर्न माग