नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ आजदेखि पुनः सुरु गर्दैछ। आज दिउँसो बाराबाट अभियान सुरु गर्न लागिएका माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज मातृका यादवले जानकारी दिए।
अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका नेता आज दिउँसो बारा जाँदैछन्। ‘अध्यक्षज्यू अहिले चितवनमा हुनुहुन्छ,’ नेता यादवले भने, ‘चितवनबाट उहाँ सिधै बारा आउने कार्यक्रम छ। आज राति सिम्रौनगढमा बास बस्ने र भोलि बिहानैदेखि बारामा अभियान सञ्चालन गरिने छ।’
काठमाडौँमा राजावादीहरु सक्रिय हुन थालेको भन्दै गएको फागनु २४ गते रौतहटमा पुगेपछि माओवादीले अभियान स्थगित गरेको थियो। त्यसपछि काठमाडौँ फर्किका माओवादी नेताहरुले विभिन्न मिटिङ र छलफलहरु गरेका थिए।
फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहट पुगेपछि स्थगित भएको थियो।
हुलाकी मार्ग हुँदै सञ्चालन भइरहेको यो अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन गर्ने माओवादीको तयारी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०८१, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण