एजेन्सी । युक्रेनमा जारी युद्ध रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मंगलबार फोनवार्ता भएको छ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बीबीसीलाई बताएअनुसार दुई नेताबीच कम्तीमा ९० मिनेट कुराकानी भएको हो।
रुसले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पुटिनले ट्रम्पसँगको फोन वार्तापछि युक्रेनको ऊर्जा लक्ष्यमा ३० दिनसम्म आक्रमण नगर्ने सहमति गरेको जनाएको छ।
राष्ट्रपति पुटिनले युक्रेन र रुसले ऊर्जा पूर्वाधारमा ३० दिनका लागि आक्रमण रोक्न ट्रम्पको सुझावलाई समर्थन गरेका छन्, विज्ञप्तिमा भनिएको छ।
ट्रम्प र पुटिनबीच सहमतिअनुसार मार्च १९ मा रुस र युक्रेनले १७५ युद्धबन्दी साटासाट गर्नेछन्। साथै रुसमा उपचाररत २३ गम्भीर घाइते युक्रेनी सैनिकलाई युक्रेन पठाइने छ।
रुसले ३० दिने युद्धविरामको अवधिमा युक्रेनमा सेनाको आवागमन रोक्न माग गरेको छ।
ट्रम्प र पुटिनबीच फोनवार्ता हुनुअघि अमेरिकी अधिकारीहरूले साउदी अरेबियमा युक्रेनसँग वार्ता गरी ३० दिनको अस्थायी युद्धविरामका लागि समझदारी बनाएको थियो।
यसमा केही सर्तसहित पुटिन सहमत भए पनि अब युक्रेनले के गर्छ भनेर हेर्न भने बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भने सैन्य सहायताका लागि वार्ता गर्न फिनल्यान्ड पुगेका छन्।
उनले टेलिग्राममा आफू फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबलाई भेट्न जाँदै गरेको लेखेका छन्।
उनले त्यहाँ प्रधानमन्त्री पेट्री ओर्पो र रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि भेट गर्नेछन्।
फिनल्यान्डको राष्ट्रपति कार्यालयले बुधबार राष्ट्रपति भवनमा वार्ता हुने पुष्टि गरेको छ।
रक्षा सहायतासहित बैठकको मुख्य एजेन्डा युक्रेनमा हतियार उत्पादनमा लगानी र युक्रेन युरोपमा प्रवेश पनि हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ चैत्र २०८१, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै
भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित
हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
नेतन्याहु र ट्रम्पबीच भेटवार्ता, यस्ता छन् प्रतिक्रिया