तनहुँ । व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा गएको शुक्रबार १० जना बिरामी परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विषालु च्याउ खाँदा जुम्लामा एकै घरका पाँचजना बिरामी
जंगली च्याउको तरकारी खाँदा दिदीभाइको मृत्यु
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी
थारु समुदायको भान्सामा हराउँदै ‘फुटकी च्याउ’ को स्वाद
विषालु च्याउको तरकारी खाँदा एकै परिवारका ३ जना बिरामी
अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी