हेटौंडा । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति संगठनले आपत्ति जनाएको छ ।संगठनका केन्द्रीय संयोजक सुजित केसीले विज्ञप्ति निकालेर बमलाई भरतपुर विमानस्थलबाट पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।
एक जिम्मेवार युवा नेतालाई विना कारण पक्राउ गरेर सरकारको आडमा प्रहरी प्रशासनले मनमानी र पूर्वाग्रहपूर्ण काम गरेको विज्ञप्तिमा उल्लेख छ । ‘विभिन्न राजनीतिक दलका नेताहरूले खुलेआम एकअर्कालाई गम्भीर आरोप लगाउँदा पनि कुनै कारबाही नहुने तर सामान्य नागरिकलाई आफ्नो विचार व्यक्त गरेकै भरमा पक्राउ गरी कारबाही गर्नु के कानुनसम्मत छ ?’, केसीले भनेका छन् ।
शनिबार संगठनको मकवानपुर अधिवेशनको क्रममा माओवादी अध्यक्ष तथा पुर्वप्रधानमन्त्री प्रचण्डको फोटोमा निराजनले लाइटर पारेर आगो लगाएका थिए । उनलाई प्रहरीले भरतपुरबाट पक्राउ गरेर हेटौंडातर्फ ल्याइँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०८१, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग