वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेको २४ घण्टाभित्रै रुस–युक्रेन युद्ध समाधान गर्छु भनेर भनेका थिए । तर अहिले आएर उनले आफ्नो उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण दिएका छन् । ‘म त्यतिबेला अलि व्यङ्ग्यात्मक भइरहेको थिएँ,’ ट्रम्पले टिभी कार्यक्रममा बोल्ने क्रममा भने । आफ्नो उक्त अभिव्यक्तिको अर्थ म यो समस्याको गर्न चाहन्छु र मलाई लाग्छ म सफल हुनेछु’ भन्ने भएको उनले बताए ।
चुनावी अभियानका क्रममा ट्रम्पले कयौँ पटक २४ घण्टा भित्रै रुस–युक्रेन युद्ध समाप्त गर्नेछु भनेका थिए । ट्रम्पले युद्ध सल्टाउने अथक प्रयास गरिरहेको भए पनि तत्कालै यो सल्टिने कुनै सङ्केत देखिएको छैन । कुराकानीका क्रममा ट्रम्पलाई पुटिन युद्ध अन्त्य गर्न सहमत भएनन् भने योजना के हुनेछ रु भनेर सोधिएको थियो ।
यसको उत्तरमा ट्रम्पले यो संसारको लागि नराम्रो खबर हुनेछ किनकि धेरै मानिसहरू मरिरहेका छन् भनेर भनेका थिए । तर आफूले पुटिनलाई राम्ररी चिनेको अनि उनी यसमा सहमत हुनेछन् भन्ने आशा लागिरहेको उनले बताए । २०२३ को मेमा ट्रम्पले आफू राष्ट्रपति रहिरहेको भए युद्ध नै हुँदैनथ्यो भन्दै राष्ट्रको कार्यभार सम्हालेको २४ घण्टामा युद्ध बन्द गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०३ चैत्र २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको व्यापार नीतिहरूमाथि छलफल गर्न ब्रिक्स बैठक हुँदै
भारत-पाकिस्तान द्वन्द्वले ट्रम्प पनि चिन्तित
हजारौं नागरिकले घेरे राष्ट्रपति ट्रम्प निवास, सबै राज्यमा प्रदर्शन
ट्रम्पको योजना अस्वीकार गरेपछि बन्द भयो हार्वर्ड विश्वविद्यालयको दुई अर्ब फन्ड
अमेरिकी राष्ट्रपति ट्रम्पले १०४ प्रतिशत पुर्याए कर
नेतन्याहु र ट्रम्पबीच भेटवार्ता, यस्ता छन् प्रतिक्रिया