वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेको २४ घण्टाभित्रै रुस–युक्रेन युद्ध समाधान गर्छु भनेर भनेका थिए । तर अहिले आएर उनले आफ्नो उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण दिएका छन् । ‘म त्यतिबेला अलि व्यङ्ग्यात्मक भइरहेको थिएँ,’ ट्रम्पले टिभी कार्यक्रममा बोल्ने क्रममा भने । आफ्नो उक्त अभिव्यक्तिको अर्थ म यो समस्याको गर्न चाहन्छु र मलाई लाग्छ म सफल हुनेछु’ भन्ने भएको उनले बताए ।
चुनावी अभियानका क्रममा ट्रम्पले कयौँ पटक २४ घण्टा भित्रै रुस–युक्रेन युद्ध समाप्त गर्नेछु भनेका थिए । ट्रम्पले युद्ध सल्टाउने अथक प्रयास गरिरहेको भए पनि तत्कालै यो सल्टिने कुनै सङ्केत देखिएको छैन । कुराकानीका क्रममा ट्रम्पलाई पुटिन युद्ध अन्त्य गर्न सहमत भएनन् भने योजना के हुनेछ रु भनेर सोधिएको थियो ।
यसको उत्तरमा ट्रम्पले यो संसारको लागि नराम्रो खबर हुनेछ किनकि धेरै मानिसहरू मरिरहेका छन् भनेर भनेका थिए । तर आफूले पुटिनलाई राम्ररी चिनेको अनि उनी यसमा सहमत हुनेछन् भन्ने आशा लागिरहेको उनले बताए । २०२३ को मेमा ट्रम्पले आफू राष्ट्रपति रहिरहेको भए युद्ध नै हुँदैनथ्यो भन्दै राष्ट्रको कार्यभार सम्हालेको २४ घण्टामा युद्ध बन्द गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०२ चैत्र २०८१, १३ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको दाबी : दोहामा आज अमेरिका-ईरान वार्ता हुने
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका-इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता