काठमाडौँ । पूर्वविशिष्ट पदाधिकारीहरुलाई कानून बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् । आइतवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।
उनले मुलुक आर्थिक रुपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन कानून बनाइरहेको समाचारहरु आएको भन्दै यस्तो गर्न नहुने बताए । उनले भ्रष्टारचार नियन्त्रण गर्न नसकिएको, युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको बताए ।
उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजिवन सेवा दिने कानून बनाउन लागेको समाचार बाहिर आएको छ । कानुनको मस्यौदा बनिरहेको भनेर बाहिर आएको छ । जबकि मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा छ । भ्रष्टारचार नियन्त्रण हुन सकिरहेको छैन ।’
उनले भने, ‘युवाहरु रोजगारीका लागि विदेश जान वाध्य छन् । जनताले उपचार नपाएर ज्यान गुमाउने अवस्था पनि देखा परिरहेको छ । राज्यप्रति जनता उदनसिन भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई विपल बनाउन प्रतिगामीहरु सडकमा नारा जुलुस समेत गरिरहेको अवस्था छ । यस्तो अवस्थामा पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिन देशको हितमा छैन ।’
यादवले देश आर्थिक रुपमा संकटग्रस्त अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा पूर्व विशिष्टहरुलाई आजीवन सुविधा दिने कुरा देशको हितमा नहुने धारणा राखे । -
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ चैत्र २०८१, ११ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
पद तथा गोपनीयताको शपथ ग्रहण गर्न सिंहदरबार पुगे नवनिर्वाचित सांसदहरू
नवनिर्वाचित सांसदलाई सूचना : शपथका लागि यी कागजपत्र अनिवार्य
समानुपातिक ११० सांसदलाई प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई प्रमाणपत्र प्रदान गरिँदै, आजै राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने