रौतहट । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो ।
तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मुस्लिमबिच धार्मिक सद्भाव भाँड्न खोज्ने ३ जना नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको एसपी घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार जिल्लामा होली खेल्ने क्रममा ६ वटा सवारी दुर्घटना भएको र ७ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये एक जना लाई थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
होलीमा ट्राफिक नियम पालना नगरी सवारी साधन चलाउने १४ वटा मोटरसाइकल र ४ चक्के २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ चैत्र २०८१, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ