अछाम । अछाममा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–४ कालिकास्थानका ६८ वर्षीय बासु शाही छन्।
घर नजिकै बाख्रा चराउने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। भिरबाट ५ सय मिटर तल खसेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार गरिएको थियो।
थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु