अछाम । अछाममा भिरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–४ कालिकास्थानका ६८ वर्षीय बासु शाही छन्।
घर नजिकै बाख्रा चराउने क्रममा भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। भिरबाट ५ सय मिटर तल खसेर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार गरिएको थियो।
थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, ०८ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु