सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–४ मा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय उमेश मेहता रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भुटाहाबाट चिमडीतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ त २४७१ नम्बरको ट्र्याक्टरले पैदल हिँडिरहेको बेला ठक्कर दिँदा गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरूवा लगिएको थियो।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए।
ट्रयाक्टर र त्यसका चालक रूपेश सरदारलाई इलाका प्रहरी कार्यालय हरिनगरले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ चैत्र २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु