हुम्ला । हुम्लामा माटोको ढिस्कोले पुरिएर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ। घटनामा अन्य चार महिला घाइते भएका छन्।
सर्केगाड गाउँपालिका–७ को रोडिकोटस्थित राहाकोटमा माटो खन्ने व्रmममा ढिस्कोले पुरिएर स्थानीय २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार बुधबार घर लिपपोत गर्ने माटो खन्ने व्रmममा माथिबाट ढिस्को खसेर उनलाई पुरेको थियो। जैसीको घटनास्थलमै मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर पोखरेलले जानकारी दिए।
माटोको ढिस्कोले पुरिँदा जैसीसँगै माटो खन्न गएका अन्य चार जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मन्जु जैसी रहेका छन्। उनीहरु सबै खतरा मुक्त रहेका प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, १० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु