धनगढी । डोटीको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको छ।
आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु
साउनयता नौ गैँडाको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु