बुटवल। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोग्रामको माला लगाइएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई रामजानकी जमुहानी पोखरा ताल व्यवस्थापन समितिले उनको उमेर बराबर ८१ किलोको माला लगाइदिएको ओमसतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।
७१ किलोको मालामा नेता वर्षमान पुन पनि अटाएका थिए । प्रचण्ड आजै रुपन्देहीका ४ वटा कार्यक्रममा सहभागी हुँदैछन् । प्रचण्डले बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम छ ।
त्यसपछि प्रचण्ड बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसपछि सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा पुग्ने माओवादीका जिल्ला नेता निर्मल जिसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
छिट्टै ठूलो आन्दोलन हुँदै छ, तयार रहनूः प्रचण्ड