तिहार विशेष

मखमली फूलको सांस्कृतिक महत्व

सफल खबर संवाददाता

सोमबार, १९ कार्तिक २०७५, १६ : ५५
मखमली फूलको सांस्कृतिक महत्व

काठमाडौँ । मखमली फूल नोपालीहरुको लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले न ओइलिने भएकोले यसलाई दिर्घायु र स्वस्थ जीवनको प्रतिकको रुपमा लिइन्छ । त्यसैले यस फूलको माला तिहारको अवसरमा दिदिबहिनीले दाजुभाइको लामो आयुको कामना गरी लागाइदिन्छन् । 

संस्कृतमा रक्त मल्लिका भनिने यो फूूल देख्नमा पनि सुन्दर भएकोले सन् १८५५ मा जङ्गबहादुरले बेलायत पठाएको उपहारमा पनि परेको थियो । त्यस समयमा यो नेपालमा प्रसिद्ध रहेको र भारतमा अप्राप्य रहेको प्रतित हुन्छ । सेता, गाढा कलेजी तथा हल्का रातो रंगमा फूल्ने मखमली तिहारको भाइटिकामा विशेष प्रयोगमा आउँछ । 

छुँदा घोच्ने यस फूललाई नरम मखमली नाम दिइनुमा सुरुमा नेपाल ल्याइँदाको फूलको रंग मखमलको कपडाजस्तो देखिएकोले मखमली भनिएको अनुमान गर्न सकिन्छ । दिदीबहिनीका प्रिय मखमली फूल अमेरिकाको नेटिभ जात हो । सन् १८०० भन्दा अगाडि नै नेपाल छिरे पनि कम संख्याकै कारण अनमोल मानिएको बुझन सकिन्छ । यसको अर्थ केही अघिमात्र उक्त फूलले दरबारहरुमामात्र प्रवेश पाएको हुनुपर्छ । 

अमारान्थीसिया परिवारको करिब २४ इन्च अग्लो बोट हुने यो फूल दुई आकारको हुन्छ । मखमल रंगको हामीले प्रयोग गर्ने बेला ग्लोब आकारको फूलको वनस्पतिक नाम गोम्पेफेना ग्लोबोसा हो । ग्लोबभन्दा फरक केही लाम्चो आकारको फूललाई गोम्प फेना सेलोस्वाइड्स भनिन्छ । सेतो या पिंक रंगको भए पनि हामी भन्नचाहिँ मखमली नै भन्छौं । तर मखमली रंगमात्रै तिहारमा उपयोग हुने हुँदा मखमली रंगी फूललाईमात्र दसैँ फूल मान्नुपर्छ । यसलाई व्याच्लर बटन, स्ट्रेबरी फिल्डसमेत भनिन्छ । 

स्वास्थ्यका लागि लाभदायक मान्दै चीनमा यसलाई जस्ताको त्यस्तै सिङ्गै उमालेर चियाको रुपमा खाइन्छ । हाँगा छुट्याएर फूलदानीको चिनी हालेको पानीमा चिसो ठाउँमा कट फलावरका रुपमा महिनौँ ताजा टिकाउन सकिन्छ । दिदीबहिनीहरुले  बेलामै टिपेर भाइटीकामा ताजै फूल पाउने तरिका हो यो ।  
 

प्रतिक्रिया दिनुहोस