काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि दफावार छलफल हुनेछ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्थाका बारेमा छलफल हुनेछ । छलफलका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकलाई आमन्त्रण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
समाजवादी मोर्चाकाे बैठक सुरु
तीनवटा संसदीय समितिको बैठक बस्दै
शिक्षासहित तीनवटा समितिको बैठक बस्दै
नेपाल–भारत गृहसचिवस्तरीय बैठक बस्दै
मधेस प्रदेश सभा बैठक अवरुद्ध