काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका विरुद्ध राजनीति नगर्न आग्रह गरेका छन् । भूकम्पले चर्किएका भत्किएका घर सरकारले निर्माण गर्ने बताएका छन् । भूकम्पीय पुन निर्माण तथा पुन स्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय उद्घाटन गर्न जाजरकोट पुगेका मन्त्री लेखकले यस्तो कुरा बताएका हुन् ।
गृहमन्त्री लेखकले भूकम्पबाट क्षति भएपछि नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण पुन स्थापना प्राधिकरण, प्रदेश सरकार स्थानीय तह, एकै साथ चल्नु पर्ने बताए। उनले विस्तृत परियोजना (डिडिए) छिटोछरितो गरिने बताए । डिडिएको काम समयमा सम्पन्न गरी पुन निर्माणको कामलाई अघि बढाउन सरकार लागी परेको बताए । भूकम्पले घर भत्किएपछि पुन निर्माण पूर्व गरिने डिडिएका लागी जाजरकोटमा ५० जना, रुकुम पश्चिममा ४८ जना प्राविधिकले काम गरी रहेको बताए । फिल्डमा खटिएका प्राविधिकको कमी भएपछि सरकारले थप गर्ने बताए ।
मन्त्री लेखकले जाजारकोट जिल्लामा अलपत्र परेको योजनाहरूका विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदमा छिटोछरितो सम्पन्न गर्न जाजरकोटी जनताको गुनासोलाई सम्बोधन गर्ने बताए । सरकार जनताको अवस्था परिवर्तन गर्न प्रतिबद्ध रहेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
धर्मलाई राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्न : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक सगरमाथा आधारशिविरमा : शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध
काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता