काठमाडौं । रुसी आक्रमणमा परी युक्रेनमा कम्तिमा पनि २५ जना मारिएका छन् । ताजा आक्रमणलाई हेर्दा संघर्ष रोकिनेमा कुनै संकेत नमिलेको अधिकारीहरुले बताएका छन् ।
स्थानीय अधिकारीहरुका अनुसार शनिबार डोनेत्स्क क्षेत्रमा भएको एक आक्रमणमा ११ जना मारिए । जहाँ ६ बच्चासहित ४० जना घाइते भए । खार्किव र ओडेसासहित अन्य क्षेत्रमा घर तथा भवन संरचना ध्वस्त पारिएका छन् ।
अमेरिकाले युक्रेनलाई सैन्य सहायता र खुफिया जानकारी दिन रोक लगाएपछि रुसी आक्रमण तीब्र बन्दै गएको छ । ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्कीपछि अमेरिकाले यो कदम चालेको हो ।
रुसको ताजा आक्रमणलाई लिएर पोलिश प्रधानमन्त्री डोनाल्ड टस्कले गम्भीर टिप्पणी गरेका छन् । उनले जब कसैले बर्बर मान्छेलाई खुशी दिन्छ तब यस्तै हुन्छ, भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, ०९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जना पक्राउ
भन्सार छलीका सामान छापा मार्न गएको एपीएफको टोलीमाथि आक्रमण, ३ जना घाइते
फुटबल मैदानमा बन्दुकधारीको आक्रमण : ११ जनाको मृत्यु
अमेरिकी सेनाले सिरियामा गर्यो आईएसविरुद्ध ‘ठुलो आक्रमण’