एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्समा विष्णु अधिकारीको नेतृत्व

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, २१ : ३३
एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्समा विष्णु अधिकारीको नेतृत्व

चितवन l एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको पाँचौँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय ई. विष्णु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले देश विकासमा अहम् भूमिका निर्वाह गर्ने इन्जिनियरहरुको भूमिकालाई राज्यले सही सदुपयोग गर्नुपर्ने बताइन् । उनले इन्जिनियरहरुको भूमिका महत्तवपूर्ण रहेको बताइन् । भरतपुरको विकास र समृद्धिमा इन्जिनियरहरुको भूमिका अतुलनीय रहेको भन्दै उनले प्रशंसा गरिन् ।

नवनिर्वाचित उपाध्यक्षहरुमा ई. खेम बहादुर थापा मगर, ई. दामोदर ढकाल, सचिवमा ई. आकाश शर्मा, सहसचिवमा ई. केदार अधिकारी र ई. शिवराम पौडेल, कोषाध्यक्षमा ई.जनार्दन देवकोटा रहेका छन् ।

यस्तै, सदस्यहरुमा ई. गौरव पराजुली, ई. हेमन्त श्रेष्ठ, ई.अमृत गिरी र रोशन भाट निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष उदयकृष्ण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा  नवनिर्वाचित अध्यक्ष ई. विष्णु अधिकारी राष्ट्रनिर्माणमा योगदान दिनसक्ने इन्जिनियरहरुको भूमिकालाई थप मजबुत बनाउँदै आफ्नो कार्यकाललाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस