सुर्खेतमा यतीको परीक्षण उडान, व्यावसायिक उडान कहिले ?

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १५ : २८
सुर्खेतमा यतीको परीक्षण उडान, व्यावसायिक उडान कहिले ?

सुर्खेत। निजी वायुसेवा कम्पनी यती एअरलाइन्सले शनिबार सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान गरेको छ। यती एअरलाइन्सको ९एन-एएमएनको एटीआर ७२ विमानले कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थल र सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थलमा परीक्षण उडान गरेको हो ।

दुवैठाउँमा सफलातपूर्क परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । नेपालगञ्ज  विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो ।

परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उक्त उडानको  अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका थिए । 

यती एअरलाइन्सले उक्त विमानस्थलमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानस्थलको रूपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरेको जनाएको छ । 

हाल यती एअरलाइन्सले ७ वटा एटीआर ७२ विमानमार्फत् नियमित रूपमा काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज विमानस्थल  लगायत पर्वतीय उडान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस