डोटी । गृहमन्त्री रमेश लेखकले भूकम्पबाट प्रभावितहरूका लागि आवास निमार्ण तथा प्रबलीकरण कार्य अगाडी बढाइएको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शनिवार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले उक्त कुरामा जोड दिएका हुन् । गृहमन्त्री लेखकले देश विभिन्न प्राकृतिक प्रकोप, भूकम्प, बाढी पहिरो, आगलागी, शितलहरबाट जोखिम पूर्ण अवस्थामा रहँदै आएकोमा सुदूरपश्चिम बढी जोखिममा रहेको समेत बताए ।
भूकम्प बाट प्रभावितहरूलाई स्थापित गर्न सरकारले आवश्यक प्रक्रिया अगाडी बढाएको समेत बताए । उनले भने सरकारले भूकम्पका कारण विस्थापित भएकाहरूको आवास पुन निमार्ण र प्रबलीकरण कार्य अगाडी बढाएको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन, मापदण्ड, नियम कानुन निमार्ण कार्य पुरा गरी देशका तिन स्थानमा इकाई कार्यालय स्थापना गर्ने कार्य अगाडी बढाइएको समेत बताए ।
केन्द्रमा रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मातहतमा रहने गरी शुक्रवार बझाङमा आज शनिवार अछामको साँफेबगरमा र आइतबार जाजरकोटमा इकाई कार्यालय स्थापना गरिने समेत गृह मन्त्री लेखकले बताए ।
पत्रकारहरूको प्रश्नको जवाफमा मन्त्री लेखकले नेपालमा लोकतन्त्र विरुद्ध पहिलेबाट नै षडयन्त्र भइरहेकाले त्यसप्रति सजग हुनु पर्ने बताए । ‘क्रान्तिबाट फालिएको राजा त्यसै देशमा बसेको उदाहरण संसारमा कमै छ’, गृहमन्त्री लेखकले भने, ‘देशभित्र उन्नत लोकतन्त्र भइरहेकाले पूर्व राजा ज्ञानेन्द्र नागरिक सरह नेपालमै बसेर अधिकारहरू उपभोग पाइरहेका छन् ।’ नेपाली समाज निरंकुशता बाट लोकतन्त्रमा आएकाले राजतन्त्र फर्कने भ्रममा नपर्न सुझाव समेत दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक
लागुऔषध नियन्त्रणमा लाग्न सुरक्षा निकायहरूलाई गृहमन्त्री लेखकको निर्देशन
धर्मलाई राजनीतिक अभिष्ट पूरा गर्न प्रयोग गर्नुहुन्न : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक सगरमाथा आधारशिविरमा : शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध
काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता