काठमाडौं । नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वर्तमान सरकारले नजरबन्दमा राख्ने तयारी गरेको दाबी गरेका छन् । विश्वस्त सूत्रको हवाला दिँदै उनले सो दाबी गरेका हुन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रसाईँले आफूलाई झूटा मुद्दा लगाएर पक्राउको तयारी भइरहेको जानकारी पाएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यस क्षणमा विभाजित होइन एकताबद्ध भएर राजसंस्था पुनः स्थापनाको आन्दोलनको आँधीबेहरी ल्याउन म सम्पूर्ण राष्ट्रभक्त नागरिकहरूमा आव्हान गर्दछु ।’
२५ गते अगाडि नै आफूलाई पक्राउ गरिने उनको अनुमान छ । ‘म रहुँला वा नरहुँला,मलाई हिरासत लैजाला वा बाहिरै रहुँला केहि छैन । २५ गते सरकारको सवारीमा यस्तो शक्ति प्रदर्शन गरौँ कि यी देश बेचुवाको सत्ता च्युत होस, नेपाललाई फेरी हाम्रो गौरवपूर्ण नेपाल बनाउने यात्रा शुभारम्भ होस ।’
आउँदो २५ गते पूर्वराजा पोखराबाट काठमाडौं फर्किँदा राजावादीहरूले शक्ति प्रदर्शनको तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १२ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साईबर अपराध मुद्दामा दुर्गा प्रसाईँलाई जिल्ला अदालतले दियो सफाई
दुर्गा प्रसाईंसहित ७ जनालाई डिल्लीबजार कारागारमा राखियो
सरकारी वकिल कार्यालयले फिर्ता पठायो दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन
दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै माइतीघरमा धर्ना
राजावादीको आन्दोलनमा दुर्गा प्रसाईंको समूह सहभागी नहुने
दुर्गा प्रसाईंसहित ५० जनाको बयान न्यायाधीश कार्कीको इजलासमा