विराटनगर । नेकपा (एमाले) मोरङको नेतृत्व चयनका निम्ति मतदान सुरु गरिएको छ । बुधबार (फागुन २१) बिहान साढे ९ बजेदेखि मतदान थालिएको हो । बिहान ७ बजेदेखि भनिएको मतदान साढे दुई घण्टा ढिलो सुरु गरिएको छ ।
इतर समूहका उपाध्यक्ष पदका उमेदवार सागर थापाले मतदान सुरु भएको र मतदाता लाइन लागेर उत्साहजनक रूपमा सहभागी भइरहेका जानकारी दिए ।
निर्वाचनबाट १६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिनेछ । ९१४ मतदाता छन् ।
संस्थापन र इतर समूह प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । पाँच पदाधिकारीसहित १६५ सदस्यीय जिल्ला समितिमा ७१ सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।
सुरुमा ३२५ जनाले मनोनयन दर्ता गराएका थिए । ६३ जनाले उमेदवारी फिर्ता लिए । चुनावी मैदानमा १९१ जना छन् ।
निर्वाचनमा संस्थापन पक्षबाट अध्यक्ष पदमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीले उमेदवारी दिएका छन् ।
यस्तै, इतर समूहबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०९ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
एमालेले थाल्यो आक्रामक चुनावी परिचालन निति
कास्कीमा नेकपा एसका नेताकार्यकर्ता एमालेमा समाहित
पूर्वमन्त्री जितेन्द्र देवले गरे एमाले परित्याग गरेको घोषणा
एमालेको दाबी : निर्वाचन प्रतिस्पर्धा काँग्रेससँग केन्द्रित, रास्वपाको प्रभाव सीमित
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना