पर्याप्त मात्रामा सुत्दाका प्रमुख पाँच फाइदाहरु

एजेन्सी

आइतबार, १८ कार्तिक २०७५, १६ : २०
पर्याप्त मात्रामा सुत्दाका प्रमुख पाँच फाइदाहरु

पर्याप्त मात्रामा निद्रा पुगेका व्यक्तिको जीवन अवधी लामो हुनुका साथै उनीहरु स्वस्थ र सिर्जनशिल हुने विभिन्न अध्ययनले देखाएका छन् । थकान महशुस हुने र त्यसपछि निद्रा लाग्नु वा सुत्न मन लाग्नु स्वास्थ्यका लागि राम्रो रहेको मनोविमर्शकर्ता, चिकित्सक तथा पोषण विशेषज्ञले बताउने गरेका छन् ।

प्रतिस्पर्धात्मक वातावरण र दौडधुपका कारण विश्वभर अधिकांश व्यक्तिले स्वस्थ जीवनका लागि चाहिने जति सुत्न पाएका छैनन् । यसले गर्दा मानसिक तथा शारीरिकसँगै व्यक्तिको रचनात्मक क्षमतामा पनि कमी ल्याएको छ । यस्तोमा पर्याप्त मात्रामा सुत्दाका प्रमुख पाँच फाइदाहरु बारे पोषणविद तथा लेखक म्याथ्यु वाल्करले बताएका छन् ।

 

निद्राका पाँच फाइदाहरु :
 

१) स्मरण शक्ति र सिकाई क्षमता
पर्यात्त मात्रामा हुने निद्राले व्यक्तिको स्मरण शक्ति र कुनै पनि कुरा चाँडो सिक्ने क्षमताको विकास गर्दछ । कुनै पनि कुरा सिकेपछि सुत्नु जरुरी हुन्छ, यसले सिकेको कुरा मस्तिष्कमा सुरक्षित राख्न सहयोग गर्छ ।
यस्तै कुनै कुरा सिक्नुअघिको निद्रा पनि उत्तिकै आवश्यक छ, किनकी यसले मस्तिष्कलाई नयाँ कुरा सिक्नका लागि तयार पार्छ । यसले गर्दा परीक्षाको अघिल्लो दिन रातभर जागै बसेर पढ्नु निकै खराब वा प्रत्युदपादक हुन्छ ।
 

२) रचनात्मकता वा सिर्जनशिलता
आवश्यक मात्रामा निद्रा पूरा गरेका व्यक्तिको रचनात्मक वा सिर्जनशिल क्षमता बढी हुने देखिएको छ । सुताईले रचनात्मकताका लागि विभिन्न मार्ग बनाउँछ ।
 

३) स्वास्थ्य
निद्रा वा पर्याप्त मात्राको सुताई स्वास्थ जीवनका लागि सुन्दर र प्रमुख रामवाण हो । जीवन जोखिममा पार्ने खालका प्रमुख रोगहरुको कारण खोतल्दै जाँदा त्यसको कारकको रुपमा निद्राको कमी पाइएको छ । अल्जाइमर तथा क्यान्सरसहितका रोगको सम्बन्ध निद्राको कमीसँग देखिएको छ।
 

४) दीर्घ जीवन
लगातारको कम समयको सुताई या निद्राले जीवन अवधि पनि छोटो बनाउँछ । दीर्घ जीवनका लागि हरेक दिन पर्याप्त मात्रामा सुत्नु जरुरी छ ।
 

५) व्यवसाय वा कामकाजी जीवनका लागि राम्रो
कम सुत्नु र धेरै समय काम गर्नु उत्पादनशिल हुन्छ भन्ने होइन । व्यवसायमा त कम समयको सुताई झन महंगो पर्न जान्छ । यसले गर्दा सुत्नु जरुरी छ । (बीबीसीबाट)

प्रतिक्रिया दिनुहोस